नियम १८७
शिक्षक युनियन सम्बन्धी व्यवस्था
(१) शिक्षकले प्रचलित कानून बमोजिम शिक्षक युनियन सम्बन्धी विधान दर्ता गर्नु अघि मन्त्रालयको सिफारिस प्राप्त गर्नु पर्नेछ ।
(२) शिक्षक युनियनको निर्वाचन सम्बन्धी व्यवस्था शिक्षक युनियन सम्बन्धी विधानमा उल्लेख भए बमोजिम हुनेछ ।